काठमाडाैं । दीपावलीकाे अवसरमा नोभेम्बर १ देखि भारतीय सिनेमा हलहरूमा एकैसाथ दुई ठूला फिल्म ‘भुल भुलैया ३’ र ‘सिंघम अगेन’ रिलिज भएका थिए । यी दुवै फिल्ममा बलिउडका ठूला स्टार आबद्ध छन् ।
‘भुल भुलैया ३’ कार्तिक आर्यनकाे मुख्य भूमिका छ भने ‘सिंघम अगेन’मा अजय देवगण छन् । यी दुवै फिल्मले समीक्षक र दर्शककाे राम्राे प्रतिक्रिया पाइरहेकाे छ ।
सँगै बक्स अफिसमा व्यापारिक हिसाबले दुवै फिल्मकाे कडा प्रतिस्पर्धा पनि चलिरहेकाे छ । यी दुबै फिल्म रिलिज भएको २२ दिन पूरा भैसकेको छ । त्यसोभए बक्स अफिसको दौडमा को अगाडि छन् ?
कार्तिक आर्यन स्टारर हरर कमेडी फिल्म ‘भुल भुलैया ३’ रिलिज भएको २२ दिन बितिसक्दा पनि दर्शककाे कमी भएकाे छैन । फिल्ममा रुह बाबा अर्थात् कार्तिकको अभिनयले सबैको मन जितेको छ ।
माधुरी दीक्षित फिल्ममा मञ्जुलिका अर्थात् विद्या बालनकी बहिनी अन्जुलिकाको भूमिकामा आएकी छिन् । यी बाहेक फिल्ममा तृप्ति डिमरी र राजपाल यादव जस्ता स्टार पनि छन् । फिल्मले ओपनिङ डेमै भारु ३५.५ करोड कमाएको थियो ।
चलचित्रको बिहीबारसम्मकाे तथ्यांक सार्वजनिक भएको छ । सक्निल्कको प्रारम्भिक रिपोर्ट अनुसार ‘भुल भुलैया ३’ ले २१ औं दिन १ करोड ६५ लाख भारु कमाएको छ । यस्तो अवस्थामा फिल्मको कुल कलेक्सन अहिले २३९.६५ करोड भारु भएको छ ।
यता, कार्तिकको ‘भूल भुलैया ३’सँगै अजय देवगन स्टारर फिल्म ‘सिंघम अगेन’ पनि दिवालीमा रिलिज भएको थियो। यो मल्टिस्टारर फिल्ममा अजयका अलावा रणवीर सिंह, अक्षय कुमार, करीना कपूर खान, दीपिका पादुकोण, अर्जुन कपूर, टाइगर श्राफ र ज्याकी श्राफ जस्ता कलाकारको मुख्य भूमिका रहेको छ ।
सिङ्घम अगेनको कलेक्शनको कुरा गर्दा सुरुमा उत्कृष्ट कलेक्सनका साथ खाता खोलेको भएपनि पछि निकै सुस्त भयो । ‘सिंघम अगेन’ ले पहिलो दिन ४३.५ करोड भारु कमाएको थियो ।
यस्तो अवस्थामा अब यो फिल्मको तेस्रो बिहीबारको तथ्यांक पनि सार्वजनिक भएको छ । प्रारम्भिक रिपोर्ट अनुसार अजय देवगनको फिल्मले २१औं दिनमा १ करोड भारु कलेक्सन गरेको छ। यस्तो अवस्थामा फिल्मको कुल कलेक्सन २३६.१५ करोड भारु भएको छ । एजेन्सीबाट