काठमाडाैं । रुसको पछिल्लो आक्रमणसँगै युक्रेनकाे पाँचमध्ये तीन थर्मल प्लान्टबाट बिजुली उत्पादन बन्द भएकाे छ । जससँगै चिसाे माैसममा युक्रेनकाे आधा भूभाग बिजुलीबिहीन भएकाे छ ।
रुसले आइतवार २०० भन्दा बढी मिसाइल र ड्रोन प्रहार गरेको थियाे । मिडिया रिपाेर्टका अनुसार यी आक्रमणपछि युक्रेनको ४० प्रतिशत भूभाग अन्धकारमा ढाकेकाे छ ।
यहीबिच कीभमा ठूलाे हिमपात भएको छ । मिडिया रिपाेर्टअनुसार बिहीबारदेखि हिमपात भइरहेकाे हाे ।
चरम चिसाेका बिच विद्युत नहुँदा युक्रेनी चरम समस्यामा परेकाे बताइएकाे छ ।
यद्दपि, पछिल्लाे आक्रमणबारे राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने वास्तविकता खुलाएका छैनन् । उनले पछिल्लाे क्षति र अवस्थाबारे बाेल्न इन्कार गरेका छन् ।
अमेरिकामा नेतृत्व परिवर्तन हुँदै गर्दा युक्रेनमा सहयाेग आउन कमी भएकाे छ । जसका बिच रूसले आक्रमण बढाइरहेकाे छ । एजेन्सीबाट