ओलीले विदेशी सेना ल्याउने सम्झौता गर्न लागेका छन्  – विप्लव-Sutra News

ओलीले विदेशी सेना ल्याउने सम्झौता गर्न लागेका छन्  – विप्लव

शनिबार, ८ मंसिर २०८१

शनिबार, ८ मंसिर २०८१

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्दैन भन्नेबाहेकको अरु कुनै काम नभएको टिप्पणी गरेका छन् । पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सरकारले जनताप्रति उत्तरदायी काम गर्न नसकेको बताए ।



उनले हिजो प्रचण्डजी प्रधानमन्त्री हुदापनि दिनदिनै यो सरकार नढल्दैन बताउने गरेको जिकिर गरे । उनले अहिले एमसीसीपछि एसपीपी सम्झौता गर्ने षड्यन्त्र भइरहेको बताए । उनले सरकार बनाउने र ढलाउने विदेशी भन्ने नेताहरुले जनतालाई धोखा दिइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट