मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, नीतिगत दरमा भएन हेरफेर (पूर्णपाठ)-Sutra News

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, नीतिगत दरमा भएन हेरफेर (पूर्णपाठ)

शुक्रबार, १४ मंसिर २०८१

शुक्रबार, १४ मंसिर २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेकाे छ । केन्द्रीय बैंकले शुक्रबार बिहान समीक्षा सार्वजनिक गरेको हो ।



पहिलो त्रैमासिक समीक्षा मार्फत केन्द्रीय बैंकले नीतिगत दर र बैंकदरमा कुनै परिवर्तन गरेको छैन।

केन्द्रिय बैंकले मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोरअन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखेको छ भने अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ ।

‘अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृष्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको हो, मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको अवस्थालाई विश्लेषण गर्दै उपलब्ध साधनबाट आर्थिक वृद्धिमा सहयोग पुर्‍याउने गरी तरलता व्यवस्थापन गर्दै गएका छौं’, राष्ट्र बैंकले भनेका छ ।

विशेषगरी सेयर बजारका लगानीकर्ताले शेयर धितो कर्जाको रिस्क वेटेज घटाउनुपर्ने र शेयर धितो कर्जाको सीमा हटाउनुपर्ने माग गरिरहेका थिए । तर, राष्ट्र बैंकले सो विषयलाई सम्बोधन गरेन ।

सँगै बैंक तथा वित्तीय संस्थाहरुमा बढ्दा खराब कर्जा र थुप्रिँदो तरलतालाई व्यवस्थापन गर्ने सन्दर्भमा पनि नयाँ कुरा खोजी भएन ।

यस्ताे छ समीक्षाकाे पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट