काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। तिव्र उतारचढावका बिच बिहीबार प्रतितोला तीन रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै सुनकाे मूल्य प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँ पुगेकाे छ । यसअघि बिहीबार सुनकाे मूल्य प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
सुनकाे मूल्य बढेसँगै स्थानीय बजारमा शुक्रबार चाँदीको मूल्य पनि बढेकाे छ । बिहीबारकाे तुलनामा प्रतितोला ४५ रूपैयाँले बढ्दै चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँ पुगेकाे छ ।
यसअघि बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।