अछाममा असईले आफैंलाई किन हाने गाेली ?-Sutra News

अछाममा असईले आफैंलाई किन हाने गाेली ?

शुक्रबार, १४ मंसिर २०८१

शुक्रबार, १४ मंसिर २०८१

धनगढी । अछामकाे तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई)ले आफैँमाथि गोली चलाएका छन् । चाैकीका इन्चार्जसमेत रहेका असई किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली चलाएका हुन् ।



उनले बाँया छातीको माथिल्लो भागमा गोली चलाएकाे भेटिएकाे अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । चन्दको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको भण्डारीले जनाएका छन् ।

मेडिकल कलेजमा उपचाररत चन्द बोल्न सक्ने अवस्थामा रहेका छन् । उनले किन आफैँमाथि गोली चलाए भन्ने खुलेको छैन ।

घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको भण्डारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट