सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई गृह मन्त्रालयको कारबाही-Sutra News

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई गृह मन्त्रालयको कारबाही

शुक्रबार, १४ मंसिर २०८१

शुक्रबार, १४ मंसिर २०८१

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने बताएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने जनाएको हो ।



मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुऱ्याउने किसिमले घृणाजन्य अभिव्यक्ति फैलाउन काम भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट