काठमाडौं । निर्वाचन आयोगले ६ जना उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगले ६ जनालाई स्पष्टीकरण सोधेको हो ।
कीर्तिपुर नगरपालिका प्रमुख पदका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीकरण सोधिएको हो। आयोगले बिहीबार काठमाडौंका दुई वटा निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै अनुगमन टोली खटाएको थियो। उक्त टोलीले उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधिएको हो।