काठमाडौँ । कीर्तिपुस्थित त्रिवि क्रिकेट रंगशालामा आजदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टोलीले एक करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले विजेताले एक करोड ११ लाख पाउँदा उपविजेताले ५५ लाख पाउने भएको छ । तेस्रो स्थान भएकाले ३० लाख र चौथो हुने टोलीले २० लाख पाउने छन् ।
प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन् । शनिबारदेखि सुरु भएको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै छ ।