झाँक्री भुजेलको गाडीले ठक्कर दिँदा बुवाआमाको निधन, प्रचण्ड बने अभिभाव-Sutra News

झाँक्री भुजेलको गाडीले ठक्कर दिँदा बुवाआमाको निधन, प्रचण्ड बने अभिभाव

शनिबार, १५ मंसिर २०८१

शनिबार, १५ मंसिर २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा दुःख पीडामा परेकालाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएको बताएका छन् ।



गत कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट ज्यान गुमाएका नारायण नगरकोटी र श्रीमती सानुमाया नगरकोटीका दुई छोरीलाई आज शैक्षिक सामग्री हस्तान्तरण गर्दै उन यस्तो बताएका हुन् ।

दुर्घटनापछि अध्यक्ष दाहाल कागेश्वरी मनोहरा नगरपालिका २ आलापोटस्थित नगरकोटी निवास पुगेर बाबुआमा गुमाएका दुई छोरी गरिमा र अनुको अभिभावकत्व लिने घोषणा गरे ।

उनको घोषणालाई समथर्न गर्दै उद्धव नेपालले गरिमा र अनुलाई कक्षा १२ सम्म अध्ययन गर्दा आवश्यक पाठ्य पुस्तकलगायत शैक्षिक सामग्री र पोशाक सहयोग गर्ने घोषणा गरे ।

सहयोग घोषणा कार्यक्रममा प्रचण्डले शैक्षिक सामग्री सहयोग गर्ने नेपाल, घटनालगत्तै एकताबद्ध भएर यो पीडालाई उजागर गर्दै सहयोग संकलन गर्ने आलापोटवासी र निःशुल्क अध्ययनको व्यवस्था मिलाउने विद्यालयलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट