काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन प्रस्थान गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै उनले चीन सरकारले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) परियोजना स्वीकार गर्नु पर्ने बताए ।
उनले भने, “नेपालले आफ्नो आवश्यकता र हितलाई दृष्टिगत गरी बीआरआई स्वीकार गर्नु पर्छ, नेपाल र चीनबीचको सम्बन्धलाई अझ सुमधुर बनाउनु पर्छ, बीआरआईमार्फत हामीले ऋण र अनुदान लिन सक्छौँ, हामीले राष्ट्रहितमा निर्णय गर्नु पर्छ ।”