एनपीएलको उद्घाटन खेलमा विदेशी खेलाडी चम्किए, जनकपुर आठ विकेटले विजयी-Sutra News

एनपीएलको उद्घाटन खेलमा विदेशी खेलाडी चम्किए, जनकपुर आठ विकेटले विजयी

शनिबार, १५ मंसिर २०८१

शनिबार, १५ मंसिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । विराटनगर किङ्ग्सले दिएको १२८ रनको लक्ष्य जनकपुरले दुई विकेट गुमाएर पूरा गरेको हो ।



विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा दुई विकेट गुमाएर पूरा गरेको हो । जनकपुरका लागि लाहिरू मिलन्थाले सर्वाधिक ७५ रन बनाउँदै अविजित बने ।

उनले तेस्रो विकेटका लागि हर्ष थक्करसँग मिलेर शतकीय अविजित साझेदारी गरेका हुन् । बलिङमा विराटनगरका प्रतिश जिसी र क्रिस सोलले एक–एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपूरमा विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । विराटनगरका लागि न्युजिल्याण्डका ब्याटर मार्टिन गप्टिलले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाए ।

यस्तै, अकिब इलियासले १५, निकोलस किर्टनले नौ र लोकेश बमले पाँच रनको योगदान दिए । बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान ७-७ रन बनाए ।

विराटनगरका लागि क्रिस सोलले चार, प्रतिश जिसीले दुई र राजेश पुलामीले एक रन बनाए भने जितेन्द्र मुुखिया शुन्य रनमै आउट भए । विराटनगरले अतिरिक्त १५ रन प्राप्त गर्यो ।

जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । किशोर महतो र हर्ष ठाकरले समान २-२ विकेट लिए । जनकपुरका मोहम्मद मोहसिन र बेन माइकले समान एक-एक विकेट हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट