काठमाडौँ । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार योसँगै झडपमा कूल मृतकको संख्या १२४ पुगेको छ ।
पाकिस्तान सुन्नी बहुल देश हो । यद्यपि, अफगानिस्तानको सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा ठूलो शिया जनसंख्या छ ।
गत बिहीबार नयाँ लडाइँ सुरु भएसँगै प्रहरी स्कर्टमाअन्तर्गत यात्रा गरिरहेका दुई अलग-अलग सवारीमाथि आक्रमण भएको थियो । सो घटनामा ४० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
कुर्रम स्थानीय सरकारका एक अधिकारीले विगत दुई दिनमा झडपका कारण थप १३ जनाको मृत्यु भएको जनाउदै मृतकमा दुई जना सुन्नी र ११ जना शिया समुदायका रहेको उल्लेख गरिएको छ ।
पछिल्लो समयमा दुई पक्षबीच विश्वासको गम्भीर अभाव तथा दुवै पक्ष शत्रुता अन्त्य गर्ने सरकारी आदेशको पालना गर्न इच्छुक नरहेको जनाइएको छ ।