खेल जित्न नेपालले पायो १२४ रनको लक्ष्य-Sutra News

खेल जित्न नेपालले पायो १२४ रनको लक्ष्य

मंगलबार, १८ मंसिर २०८१

मंगलबार, १८ मंसिर २०८१

काठमाडौँ । युएईमा जारी यू १९ एसिया कपमा नेपालले १२४ रनको लक्ष्य पाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ३५ ओभर ४ बलमा १२३ रनमा समेटिएको हो ।



अफगानिस्तानका फैखल खानले ५२ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालका युनिस ठकुरी र सन्तोष यादवले ३–३, अभिषेश तिवारी र कप्तान हेमन्त धामीले २–२ विकेट लिए । यसअघिका दुई खेल गुमाएको नेपाल सेमिफाइनल दौडबाट बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट