काठमाडौं । साताको अन्तिम कारोबार दिन (शुक्रबार) स्थानीय बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय रुपैयाँले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य घटेसँगै शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य मंगलबारदेखि नै निरन्तर उकालोमा थियो । मंगलबार प्रतितोला १ हजारले बढेको सुनको मूल्य बुधबार १ सय र बिहीबार ३ सय रुपैयाँले बढेको थियो ।
सुनको मूल्य घट्दै गर्दा स्थानीय बजारमा चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले चाँदीको मूल्य बढेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य मंसिर १७ देखि नै उकालोमा छ । योबिचमा चाँदीको मूल्य ७५ रुपैयाँले बढेको छ ।
आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रति औंश २६४२.२ डलरमा कारोबार भइरहेको छ ।