रवि लामिछानेको पक्षमा अदालतले दियो म्याद थपसँगै यस्तो आदेश-Sutra News

रवि लामिछानेको पक्षमा अदालतले दियो म्याद थपसँगै यस्तो आदेश

आइतबार, २३ मंसिर २०८१

आइतबार, २३ मंसिर २०८१

काठमाडौँ । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वास्थ्य जाँच गर्न आदेश दिएको छ ।



उच्च रक्तचापको समस्या रहेकाले लामिछानेको स्वास्थोपचार गरी कागजात पेश गर्न अदालतले आदेश दिएको हो । जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेले लामिछानेको हकमा स्वास्थ्य जाँचसँगै थप चार दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।

‘प्रतिवादीहरु रवि लामिछाने र छविलाल जोशीको उच्च रक्तचापको समस्या रहेको भन्ने देखिएको हुँदा चिकित्सकबाट जाँच तथा आवश्यक उपचार गराइ उपचारसँग सम्बन्धित कागजातको प्रतिलिपि यस अदालतमा पेश गर्नु र अनुसन्धानका क्रममा हिरासतमा राख्नका लागि म्याद थप गरिएका व्यक्तिहरुको मानवअधिकारको उल्लंघन हुने कुनै कार्य नगर्नु, नगराउनु भनि जिल्ला प्रहरी कार्यालय कास्कीलाई लेखि पठाउनु,’ आदेशमा भनिएको छ ।

प्रहरीले लामिछानेसहित अन्य तीन जनामाथि सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको सम्बन्धी कसुरमा अनुसन्धान नसकिएको भन्दै म्याद थप गर्न आदेश मागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट