महाधिवेशनको साढे पाँच महिनापछि एसमा कार्यविभाजन, कसले के जिम्मेवारी पाए ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेताहरूको कार्यविभाजन गरेको छ । मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले नेताहरुको कार्यविभाजन टुंग्याएको हो ।
बैठकको निर्णयअनुसार सम्मानित नेता झलनाथ खनालले स्कुल विभागको जिम्मा पाएका छन् भने वरिष्ठ नेता डा. बेदुराम भुसालले संगठनको विभागको जिम्मेवारी पाएका छन् ।
यसैगरी, वरिष्ठ नेता प्रमेश हमालले विदेश विभागको जिम्मेवारी पाएका छन् भने घनेन्द्र बस्नेतले राजकीय मामिला विभागको जिम्मा पाएका छन् ।
पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे मोर्चा प्रमुखको जिम्मेवारी पाएका छन् भने उपाध्यक्ष जगन्नाथ खतिवडाले संघीय तथा प्रादेशिक मामिला प्रमुखको जिम्मेवारी पाएका छन् ।
यसैगरी, उपाध्यक्ष प्रकाश ज्वाला प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राई …