पत्नीपछि स्वकीय सचिवको कारण ऋषिकेश फेरि तानिए विवादमा

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल एकपछि अर्को गरी विवादमा तानिएका छन् ।
पत्नी अन्जला कोइराला उमा गौरी कृषि सहकारीको रकम अपचलनमा मुछिएकी छिन् । जुन घटनामा जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको छ । यद्यपि, पक्राउ पुर्जी जारी भएसँगै कोइराला फरार छिन् ।
पत्नी फरारको सूचीमा परिरहँदा पोखरेलका स्वकीय सचिव अनिल पोखरेलविरुद्ध पनि अर्को ठगी धन्दामा संलग्नता भएको पाइएसँगै उच्च अदालत विराटनगरले पक्राउ पुर्जी जारी गरेको छ । उनी विरुद्ध उच्च शिक्षा एमबिबिएस पढाउनका लागि नाम निकालिदिने भन्दै पैसा उठाउँदै ठगी गरेको घटनामा पक्राउ पुर्जी जारी भएको छ …