मधेशको राजनीतिलाई तताउँदै उपेन्द्र

काठमाडौं । लामो समयपछि मधेसको राजनीतिमा केही फरक हलचलका संकेतहरु देखिन थालेका छन् । एक अर्काका कटु आलोचक र विरोधी शक्तिका रूपमा देखिएका मधेस केन्द्रित दलहरू सौहार्दतासहित छलफलमा जुट्न थालेका छन् । दलहरूबिच अहिले मोर्चा बन्दी र पार्टी एकताको एजेन्डा छलफल चल्न थालेको छ ।
श्रृंखलाबद्ध देखिएका यी नयाँ घटनाक्रमका बिच मधेसको राजनीति कता जाँदै छ ? आमलाई कौतूहल बनाएको छ ।
मधेसको राजनीतिमा देखिन थालेको यो फेरबदलको नेतृत्व भने मधेस आन्दोलनका मुख्य नेतृत्वकर्ता उपेन्द्र यादवको पहलमा भइरहेको छ । यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्णय नै गरेर मधेस केन्द्रित …