सिद्धार्थ बैंकको बिजोग, खराब कर्जा जोखिमको तहमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड क्रमशः समस्या उन्मुख देखिएको छ । एकातिर बैंकको नाफा नराम्रोसँग प्रभावित भएको छ भने अर्कोतिर बैंकको खराब कर्जाको तह निकै उच्च अंकले बढेको छ ।
चालु आर्थिक वर्षको पौष महिनासम्मको वित्तीय विवरणअनुसार बैंकले जम्मा ५३ करोड नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५३.३५ प्रतिशतले कम हो ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको थियो ।
खुद नाफामा भारी गिरावटसँगै वितरणयोग्य नाफा पनि ऋणात्मक बनेको छ ।
बैंकको इम्पेयरमेन्ट चार्जमा भारी मात्रामा बृद्धि हुँदा नाफा प्रभावित भएको हो । बैंकको …