खुल्दै विद्या भण्डारी !

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीप्रति आमरुपमा चासो देखिन्छ, के उनी पूर्व राष्ट्रपतिको ओजलाई छाड्दै एमालेको सक्रिय राजनीतिमा फर्किलिन् ? जुन प्रश्नलाई उनले खास महत्व दिने गरेकी थिइनन् ।
यद्यपि, एमालेभित्र उनको पुनरागमनको विषयलाई लिएर निकै माथापट्टि चलिरहेको छ । दोस्रो तहका केही नेताहरू भण्डारीलाई पार्टी अध्यक्षकै जिम्मेवारी दिएर भित्र्याउनु पर्ने भन्दै लबिङमा देखिँदा अध्यक्ष केपी शर्मा ओलीले भने सार्वजनिकरुपमै असन्तुष्टि प्रकट गरिरहेका छन् ।
उनले भण्डारीलाई ‘राष्ट्रिय सम्मान लिएर बस्नु’ भन्ने सन्देश दोहोर्‍याएर दिइरहेका छन् ।
गत पुस तेस्रो साता बसेको एमालेको केन्द्रीय समिति बैठकमा पनि ओलीले भण्डारीलक्षित अभिव्यक्तिहरू दिएका थिए । …