सत्तालाई भारी बन्दै अध्यादेश, जसपाको निर्णय नै अन्तिम
काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका विभिन्न ६ अध्यादेश के हुने अन्योल देखिएको छ । प्रतिनिधिसभामा ५० र राष्ट्रियसभामा १६ सांसदले अध्यादेश अस्वीकार गरिपाऊँ भनी प्रस्ताव दर्ता गरेसँगै अध्यादेशबारे अन्यौलता सिर्जना भएको हो ।
कानुनी हिसाबले अध्यादेश दुवै सदनबाट पारित हुनुपर्छ । यदि दुवै सदनबाट अस्वीकृत भए अध्यादेश निष्क्रिय हुन्छ ।
प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनसँग प्रस्ट बहुमत भए पनि राष्ट्रिय सभामा अहिलेसम्म बहुमतको अवस्था छैन । ५९ सदस्यीय राष्ट्रियसभामा बहुमतका लागि ३० सांसद आवश्यक पर्दछ । तर, अध्यादेशको पक्षमा राष्ट्रियसभामा कांग्रेससँग १६, एमालेसँग १० र लोसपाका …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed