कसको हो कुसान लामामार्फत समातिएको २५ करोड रकम ?

काठमाडौं । प्रहरीले करिब २५ करोड विदेशी मुद्रासहित सिन्धुपाल्चोक भोटेकोशीका कुसाङ लामालाई पक्राउ गरेको छ । सोमबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोरबाट उनलाई सो रकमसहित पक्राउ गरेको हो ।
प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो । लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ना ७ ख १६५२ नम्बरको ट्रकसहित समातेको छ ।
लामाले ट्रकमा फल्स बटम बनाएर लुकाइ छिपाई केरुङतर्फ विदेशी रकम लैजाँदै थए । उनले सो ट्रकमा चालक भरियाको रुपमा काम गरिरहेको भेटिएको छ ।
तर, उनी कसको भरिया हुन् भन्ने चाहिँ खुलेको छैन …