ओलीका लागि बढ्दै सकस

काठमाडौं । आइतबार चितवन पुगेका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्पष्टसँग भने– नयाँ वर्षमा नयाँ सरकार बन्छ !
प्रचण्डका अनुसार विकसित परिस्थितिले बाध्यकारीरूपमा सरकार फेरिने अवस्था बनाएको छ । “पछिल्लो पटक घटनाक्रमहरू नयाँ भए, केही नयाँ अनुभव सहित भनेको हो मैले”, प्रचण्डले भनेका छन्, “केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो, मलाई लाग्छ, त्यही दिशातिर देश जान्छ ।”
प्रचण्डले हालै एक टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा पनि वर्तमान सरकारको विकल्प खोज्नु बाध्यकारी बनेको बताएका थिए । सरकारको विकल्पका लागि माओवादीले कुनै सर्त नराखी सघाउने प्रचण्डको भनाई छ …