प्रचण्ड प्रस्तावकाे तरंग : एमाले आतंकित, कांग्रेस पर्ख र हेरमा !

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई गरेको सरकार फेरबदलको प्रस्तावप्रति सत्ता नेतृत्वकर्ता नेकपा (एमाले)ले विरोध जनाएको छ । सोमबार सचिवालय बैठक राख्दै एमालेले प्रचण्डको अभिव्यक्ति औचित्यहीन र भ्रम सिर्जना गर्ने खालको भएको टिप्पणी गरेको छ ।
एमालेले प्रचण्डको अभिव्यक्तिलाई सरकारबाट बाहिर हुँदाको कुण्ठा र पीडा बोधको रूपमा अर्थ्याएको छ ।
“प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ, यो सरकार बाहिर हुँदाको कुण्ठा र पीडा बोध प्रकट भएको भन्ने हाम्रो निष्कर्ष हो”, सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, “अहिले सरकार परिवर्तन न कतैबाट सम्भव र सान्दर्भिकता छ, …