१२ ओटा अस्पतालका लागि थप ८ करोड १० लाख दिने अर्थ मन्त्रालयको घोषणा-Sutra News

१२ ओटा अस्पतालका लागि थप ८ करोड १० लाख दिने अर्थ मन्त्रालयको घोषणा

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

काठमाडौं । कोरोना संक्रमण तथा जोखिम न्युनिकरणका लागी  अर्थ मन्त्रालयले विभिन्न अस्पतालहरुलाई ८ करोड १० लाख रुपैयाँ दिने भएको छ।



अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन खरीदका लागि मन्त्रालयले   सोमवार १२ ओटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको हो ।

कुन अस्पताललाई कती ?

अर्थ मन्त्रालयले त्रिवि शिक्षण अस्पताललाई ८० लाख रुपैयाँ,  जिल्ला अस्पताल चौतारालाई ७५ लाख रुपैयाँ, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख रुपैयाँ,  जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख रुपैयाँ, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख रुपैयाँ, जिल्ला अस्पताल इलामलाई ७५ लाख रुपैयाँ दिने भएको  छ । 
 
यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख रुपैयाँ,  रामेछाप अस्पतालका लागि ७५ लाख रुपैयाँ, चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि ७५ लाख रुपैयाँ,  टिकापुर अस्पताल कैलालीका लागि ७५ लाख रुपैयाँ, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख रुपैयाँ र व्यास अस्पतालका लागि २५ लाख रुपैयाँ रहेको छ । 

गत शुक्रबार मात्र मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू जडानका लागी  १३ ओटा अस्पताललाई  थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँ दिने दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट