Logo

बिहिवार, जेठ २२ गते २०७७

  • TRENDING NOW :

नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय ९–४ बनाउने तयारी

नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय ९–४ बनाउने तयारी

यो पनि

काठमाडौं–सरकारले अबेखि माध्यमिक तहसम्मको विद्यालय समय ९ बजेदेखि ४ बजेसम्म बनाउन लागेको छ। सडकमा बढ्दो ट्राफिक जाम न्यूनीकरण गर्न समय हेरफेरसहितको कार्ययोजना तयार गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्ययोजना तयार गरेको हो। उक्त कार्ययोजना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेको छ। मन्त्रालयका शिक्षा क्षेत्र हेर्ने सचिव महेशप्रसाद दाहालले कार्ययोजना अध्ययन गरिरहेको र छलफल भइरहेको बताए। उनका अनुसार विद्यालय समय नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयन हुन सक्छ। यसअघि नै सहसचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा कार्ययोजनालाई अन्तिम रूप दिन समिति गठन भएको छ।

प्रकाशित मिति :चैत्र ४, २०७६ मंगलवार - ०८:३३:१५ बजे

प्रतिक्रिया

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology