Logo

सोमवार, जेठ १९ गते २०७७

लोक सेवा आयोगको परीक्षा पनि स्थगित

लोक सेवा आयोगको परीक्षा पनि स्थगित

काठमाडौं–कोरोना भाइरसको प्रभावका कारण लोकसेवा आयोगले लिने परीक्षा पनि स्थिगित गरिएको छ । लोकसेवा आयोगले चैत्र ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको हो । चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एक नारायण शर्माले जानकारी दिए । लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रकाशित मिति :चैत्र ६, २०७६ बिहिवार - १४:४६:३४ बजे

प्रतिक्रिया

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology