Logo

सोमवार, जेठ १९ गते २०७७

गाँजाको असर अध्ययन गर्न समिति गठन

गाँजाको असर अध्ययन गर्न समिति गठन

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद विभागले ‘गाँजा सेवन असर अध्ययन समिति’ गठन गरेको छ । संघीय संसद्को प्रतिनिधिसभा र बागमती प्रदेशसभामा गाँजालाई वैधानिकता दिने सम्बन्धी गैरसरकारी विधेयक दर्ता भएपछि विभागले अध्ययन समिति गठन गरेको हो । काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा.राजेन्द्र ज्ञवालीको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेको विभागले जनाएको छ । समितिमा आर्युवेद डाक्टर प्रेरक रेग्मी, कक्षप श्रेष्ठ, पतञ्जली मेडिकल कलेजका लेक्चरल डाक्टर मदन थापा, मेडिकल डाक्टर सरोज लामिछानेलगायत छन् । समितिलाई गाँजा सेवनले मानव स्वास्थ्यमा पर्न सक्ने सकारात्मक र नकारात्मक असरबारे अध्ययन गरी आगामी असार मसान्तभित्र सुझाव दिन भनिएको छ । अध्ययन समितिका संयोजक डा। ज्ञवालीले आफूहरुले पाएको जिम्मेवारीअनुसार परीक्षणसमेत थालिएको जानकारी दिए । सुरुमा मुसामा परीक्षण थालिएको उनले बताए । ‘नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट अनुमति लिएर गाँजा सेवनले कस्तो असर पर्छ भनेर मुसामा टेष्ट गर्ने प्रक्रिया अगाडि बढेको छ,’ ज्ञवालीले भने । मान्छेको फिजिओलोजी मिल्ने भएका कारण मुसामा प्रयोग गर्न लागिएको उनले बताए । गाँजाबारे के कस्ता तथ्यहरु छन् भनेर पुरातात्विक अभिलेख र आर्युवेद ग्रन्थहरुको अध्ययन गर्ने कार्य जारी रहेको पनि संयोजक ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति :चैत्र ८, २०७६ शनिवार - ११:५९:३३ बजे

प्रतिक्रिया

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology