Logo

बिहिवार, जेठ २२ गते २०७७

  • TRENDING NOW :

अब घरमै बसेर आफैं जाच्नुहोस् कोरोना संक्रमणको जोखिम(तरिकासहित)

अब घरमै बसेर आफैं जाच्नुहोस् कोरोना संक्रमणको जोखिम(तरिकासहित)

सुत्र डेस्क

१६, चैत्र २०७६

यो पनि

काठमाडौं – कोरोना महामारी नेपालमा पनि भित्री सकेको छ। हालसम्म पाँच जनामा यसको संक्रमण देखिएको छ। जसमध्ये एक जना उपचारपछि सन्चो भएर घर फर्किसकेका छन् भने चार जना आइसोलेसनमा छन्। संक्रमण देखिएका पाँचै जना विदेशबाट आएका हुन्। उनीहरुको सम्पर्कमा आएकाहरुको नमूना परीक्षण गर्न सकिएको छैन। शंकास्पदहरुको नमुना परीक्षण गर्न सके यहाँको बास्तविक विवरण आउने कतिपयले आँकलन गर्छन्। चीनले वुहानमा घरघरमा गएर आम नागरिकको नमूना परीक्षण गरेको थियो। जसका कारण उसले यस्तो महामारीको संक्रण फैलिन दिएन र स्थिति नियन्त्रणमा लियो। यस्तो अबस्थामा फोर्थम्यान कन्सेप्ट्सले एउटा सफ्वेरको विकास गरेको छ। जसको माध्यमबाट तपाईलाइ कोरोनाको जोखिम कति छ भन्ने पत्ता लगाउन सकिन्छ। काराेनासँग सम्बन्धित विभिन्न लक्षणका आधारमा उक्त सफ्टवेयरले यस्तो नतिजा निकाल्छ। जस्तो ज्वारो आए/नआएको, रुघा लागे/नलागेको आदि। त्यहाँ दिइएका विकल्पहरुको तपाइले उत्तर दिइसकेपछि अनलाइन सिस्टमले एउटा नतिजा निकाल्छ। तपाइलाई कोरोनाको कत्तिको जोखिम छ ? समान्य, उच्च वा अचि उच्च। यो सिस्टम निश्चित सूत्रका आधारमा बनाइएकोले यसले कोरोना भाइरसको जोखिम भएको वा नभएको देखाए पनि संक्रमण भए नभएको थाहा पाउन भने मेडिकल टेस्ट नै गर्नुपर्छ। तपाईलाई कति जोखिम छ ? चेक गर्न यहाँ क्लिक गर्नुहोस्।

प्रकाशित मिति :चैत्र १६, २०७६ आइतवार - १०:३१:२३ बजे

प्रतिक्रिया

सुत्र डेस्क

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology