Logo

बिहिवार, जेठ २२ गते २०७७

  • TRENDING NOW :

बुटवल अस्पतालको क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु

बुटवल अस्पतालको क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु

यो पनि

बुटवल- कोरोना भाइरसको संक्रमणकाे आशंकामा रुपन्देहीकाे बुटवलस्थित कोरोना अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ। कोरोना विशेष अस्पताल स्रोतका अनुसार क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक जनाको मृत्यु भएको हो। उनी १३ गते कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भएका थिए। उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। उनी चैत ८ गते वैदेशिक रोजगारीबाट नेपाल आएका थिए। उनी दुबईबाट नेपाल आएका थिए। बिरामीकाे मृत्यु भएपछि अहिले अस्पताले बैठक बसेकाे छ। बैठकपछि थप जानकारी गराइने भएकाे छ। नेपाल लाईभबाट साभार

प्रकाशित मिति :चैत्र १६, २०७६ आइतवार - १४:३८:५८ बजे

प्रतिक्रिया

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology