Logo

बिहिवार, जेठ २२ गते २०७७

  • TRENDING NOW :

नुन चिनी सकियो चिन्ता नगर्नुस्, अब साल्ट ट्रेडिङले घरमै ल्याइदिनेछ

नुन चिनी सकियो चिन्ता नगर्नुस्, अब साल्ट ट्रेडिङले घरमै ल्याइदिनेछ

यो पनि

काठमाडौं– लकडाउन अवधिमा नुन चिनी सकियो भनेर अव चिन्ता गर्नु नपर्ने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना उपभोक्ताका लागि नुन चिनी घरघरमै पुर्याइदिने बताएको छ । कोभिड–१९बाट जोगिन पालना गर्नुपर्ने सुरक्षा उपाय अवलम्बन गर्दै साल्ट ट्रेडिङले अहिले घर–घर पुगेर नुन र चिनी विक्री गरिरहेको छ। सर्वसाधारणले अति आवश्यक नुन र चिनी पनि खरिद गर्न नपाएको गुनासो आएपछि गाडीमा सामान लिएर दैलोसम्म पुर्याउने व्यवस्था गरेको कर्पोरेशनले जनाएको छ । कर्पोरेशनले अहिले एक परिवारलाई बढीमा ३ प्याकेट नुन र ६ किलोसम्म चिनी विक्री गर्दै आएको छ। नुन प्रतिप्याकेट २० रूपैयाँ पर्छ भने चिनी प्रतिकिलो ७३ रुपैयाँ पर्छ । त्यसैगरी, साल्ट ट्रेडिङले कालिमाटी, सतुंगल र जडिबुटिलगायतका क्षेत्रमा आउटलेट संचालन गरी खाद्ययान्न विक्री गर्दै आएको छ।

प्रकाशित मिति :चैत्र १६, २०७६ आइतवार - २२:१९:१७ बजे

प्रतिक्रिया

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology