Logo

बिहिवार, जेठ २२ गते २०७७

  • TRENDING NOW :

जनकपुर कोरोना भाइरस परीक्षण सुरू

जनकपुर कोरोना भाइरस परीक्षण सुरू

यो पनि

जनकपुर– प्रदेश २ को जनकपुरमा आजेदेखि कोरोनाभाइरस कोभिड१९ को परीक्षण सुरू गरिएको छ। प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले बिहानदेखि परीक्षण सुरू भएको जानकारी दिए। उनले अब प्रदेश–२ को नमूना परीक्षण जनकपुरबाटै गरिने बताए। सकारले चीनबाट ल्याएको पाँच वटा पोर्टेवल पिसिआर मेसिनमध्ये एउटा जनकपुरलाई पनि दिएको थियो। यसअगाडि धरान, हेटौंडा, पोखरा, सुर्खेत र धनगढीमा पनि कोरोना परीक्षण सुरू भइसकेको छ। बुटवलमा पनि एकदुई दिनभित्रै परीक्षण सुरू गर्ने तयारी रहेको छ। काठमाडौंमा भने यसअगाडि नै देशभरको नमूना परीक्षण हुँदै आएको छ। अहिलेसम्म देखिएका सबै पोजेटिभ नतिजा पनि काठमाडौंमै परीक्षण गरिएको हो। नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ।

प्रकाशित मिति :चैत्र २१, २०७६ शुक्रवार - १२:०८:०५ बजे

प्रतिक्रिया

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology