Logo

सोमवार, जेठ १९ गते २०७७

खुशीको खबर, पछिल्लो २४ घण्टामा ६३ हजार बढी कोरोना संक्रमित निको भएर घर फर्किए

खुशीको खबर, पछिल्लो २४ घण्टामा ६३ हजार बढी कोरोना संक्रमित निको भएर घर फर्किए

सुत्र न्यूज

८, जेठ २०७७
खुशीको खबर, पछिल्लो २४ घण्टामा ६३ हजार बढी कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौँ । कोभिड १९ को संक्रमणबाट अहिले विश्व नै थलिएको छ । यो समाचार तयारपार्दासम्म विश्वभर ५० लाख ८२ हजार ६६१ जना मानिस संक्रमित भएका छन् जसमध्ये ३ लाख ३० हजार जनाको निधन भएको छ । जसमध्ये तिब्र गतिमा ब्राजिलमा संक्रमणको दर फैलिएको छ ।

वल्डोमिटरका अनुसार ब्राजिलमा २१ हजार ६७२ जना मानिस संक्रमित भएका छन् । बुधबार अमेरिकामा २१ हजार ४०८ जना मानिस संक्रमित भएका छन् । वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ६३ हजार बढी निको भएर घर फर्किए । पछिल्ला केही दिनदेखि संक्रमितको संख्या ह्वात्तै बढेको ब्राजिलमा हालसम्म २ लाख ९३ हजा ३५७ जना संक्रमित छन् । संक्रमितमध्ये १८ हजार ८९४ जनाको निधन भएको छ । अन्य देशको पछिल्लो अवस्था तालिकामा हेर्नुहोस्

corona.PNG coo.PNG

प्रकाशित मिति :जेठ ८, २०७७ बिहिवार - ११:२२:२८ बजे

प्रतिक्रिया

सुत्र न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology