Logo

सोमवार, जेठ १९ गते २०७७

गगनको आक्रोसः 'संक्रमणको जोखिम थप बढ्छ भनिरहँदा वास्तै गरिएन, अहिले भोग्दैछौं'

गगनको आक्रोसः 'संक्रमणको जोखिम थप बढ्छ भनिरहँदा वास्तै गरिएन, अहिले भोग्दैछौं'

सुत्र न्यूज

९, जेठ २०७७
गगनको आक्रोसः 'संक्रमणको जोखिम थप बढ्छ भनिरहँदा वास्तै गरिएन, अहिले भोग्दैछौं'

नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले भारतमा रहेका नेपालीलाई निश्चित नाकाबाट नेपाल प्रवेश गर्न दिनुपर्ने बताएका छन्। सामाजिक सञ्ञजाल फेसबुकमा प्रतिक्रिया दिँदै उनीहरु सबैलाई क्वारेन्टाइनमा राखी अनिवार्य पिसीआर परीक्षणपछि मात्र घर जान दिंदा कोही जोखिममा नपर्ने बताएका छन्। अन्यथा जोखिम उठाएरै लुकेर नेपाल आउनेको ट्रेस गर्न नसकिने हुँदा संक्रमणको जोखिम थप बढ्ने उनको ठकर छ।

यस्ताछ उनले फेसबुककमा लेखेको स्ट्याटस

भारतबाट निश्चित नाकाबाट मात्र प्रवेश गराई सबैलाई क्वारेन्टाइनमा राखी अनिवार्य PCR परीक्षणपछि मात्र घर जान दिंदा काेही जोखिममा पर्दैनन् ।अन्यथा जोखिम उठाएरै लुकेर नेपाल आउनेको ट्रेस गर्न नसकिने हुँदा संक्रमणकाे जोखिम थप बढ्छ भनिरहँदा वास्तै गरिएन।अहिले भोग्दैछौं।
अझै नचेत्ने हामी!

प्रकाशित मिति :जेठ ९, २०७७ शुक्रवार - १९:३१:१७ बजे

प्रतिक्रिया

सुत्र न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology