नबिल बैंकको नायब महाप्रबन्धकमा मनोज ज्ञवाली नियुक्त-Sutra News

नबिल बैंकको नायब महाप्रबन्धकमा मनोज ज्ञवाली नियुक्त

बुधबार, २१ साउन २०७७

काठमाडौं- ज्योति विकास बैंकका सिइओ मनोज ज्ञवाली नबिल बैंकमा नायब महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर)मा नियुक्त भएका छन्।

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)बाट राजीनामा दिएर केही समयअघि बाहिरिएका ज्ञवाली विभागीय कार्यभारमा चिफ फाइनान्स अफिसर (सीएफओ) को जिम्मा लिएर नबिल बैंकमा प्रवेश गरेका हुन्।

बुधबारदेखि ज्ञवालीले नबिलमा कार्यभार सम्हाल्दैछन्। ज्ञवालीसँग पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २१ वर्षको अनुभव छ। नेपाल राष्ट्र बैंकबाट करिअर सुरु गरेका बैंकर ज्ञवाली चार्टर्ड एकाउन्टेन (सीए) हुन्। ज्योति विकास बैंकअघि ज्ञवालीले ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटलमा समेत काम गरिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस्
      सम्बन्धित समाचार

      ताजा अपडेट