

एजेन्सी–स्पेनिस क्लव सेभिल्ला युरोपा लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ को खेलमा सेभिल्लाले इटालियन क्लब रोमालाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
खेलको २२ औं मिनेटमा सर्जियो रेगुईलनले सेभिल्लाले गोल गरे । यूसुफ एन नेसरीले ४४औं मिनेटमा दोस्रो गोल गर्दै जीत पक्का गरेका थिए ।
क्वार्टरफाईनल प्रवेश गरेका पछिल्ला तीन संस्करणमा सेभिल्लाले उपाधि हात पारेको छ । लगातार तीन पटकगरी पाँच पटकको च्याम्पियन बनिसकेको सेभिल्ला छैठौँ पटक उपाधिका लागि कसरत गर्दैछ ।