

काठमाडौं- पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरिका प्रयोगशालामा ७ हजार ७८८ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै संक्रमित हुनेको संख्या २२ हजार ५९२ पुगेको छ। जसमध्ये १६ हजार ३१३ जना कोरोनामुक्त भएका छन् भने ७३ जनाको मृत्यु भएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६२ जना संक्रमित थपिएका छन्। शुक्रबार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५६ र ललितपुर र भक्तपुरमा ३/३ जना संक्रमित थपिएका छन्।