पत्रकार बानियाँको रहस्यमय निधनबारे छानबिन गर्न महासंघको माग-Sutra News

पत्रकार बानियाँको रहस्यमय निधनबारे छानबिन गर्न महासंघको माग

बुधबार, २८ साउन २०७७

काठमाडौं- नेपाल पत्रकार महासंघले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे छानबिन गर्न माग गरेको छ। महासंघका महासचिव रमेश विष्टले प्रेस विज्ञप्ति जारी गर्दै छानबिनको माग गरेका हुन्।

‘महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

बानियाँ साउन २६ गते दिउँसोदेखि काठमाडौंबाट सम्पर्कविहीन भएका थिए। उनको आजै मकवानपुरको सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजना स्थलमा शव भेटिएको नेपाल प्रहरीले जानकारी दिएको छ।

पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पुर्‍याउनुएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासंघले बानियाँप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
      ताजा अपडेट
      सम्बन्धित समाचार

      ताजा अपडेट