मास्क प्रयोग नगर्नेलाई कारवाहीबाट उठ्यो एक लाख बढी राजस्व-Sutra News

मास्क प्रयोग नगर्नेलाई कारवाहीबाट उठ्यो एक लाख बढी राजस्व

शुक्रबार, ३० साउन २०७७

तनहुँ–मास्क प्रयोग नगरी हिँड्ने एक हजार ४७ जनालाई कारवाही गर्दा रु एक लाख चार हजार ७०० राजस्व संकलन भएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसविरुद्धको जनचेतना फैलाउँदै रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको निर्देशनबमोजिम यस जिल्लामा पनि सचेतना कार्य थालिएको छ।

पछिल्लो समयमा उक्त कोरोना भाइरस अनपेक्षितरुपमा फैलिँदै आएकाले त्यसको प्रत्यक्ष असर समाजमा देखा परेको अवस्थालाई मध्यनजर गर्दै माक्सको प्रयोगमा कडाइ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट