काठमाडौं–राजधानीलाई तरकारी तथा फलफुल खुवाउने बजार हो कालामाटी तरकारी बजार। अरु बेला ठेलमठेल भीड हुने कालीमाटी तरकारी तथा फलफुल बजार कोरोना महामारीका कारण निकै पातलिएको छ तर रित्तै भने भएको छैन् ।
तरकारी र फलफुलका थोक ब्रिकेता कोरोनासँग फौठेजोरी खेल्दै आफ्नो व्यापार गरिरहेका छन् । एकातिर कोरोना संक्रमित भइएला कि भन्ने डर व्यापारीहरुलाई छ भने अर्कोतिर जीवन चलाउने भर यही व्यापारमा छ ।
शुक्रबार साँझतिर सूत्र न्यूज कालीमाटी पुुुग्दा तरकारी तथा फलफुल बजारमा ब्रिकेताहरु कोरोनाप्रति सचेता अपनाउँदै आफ्नो व्यापार गरिरहेको पाइयो । मास्क लगाउने र सम्भव भएजतिको भौतिक दुरी कामय गर्ने प्रयत्न उनीहरुले गरेको देखिन्थ्यो ।
सूत्र न्यूजको क्यामेरामा कैद भएका केही तस्वीर :