सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख बिष्टविरुद्व जातीय विभेदको उजुरी-Sutra News

सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख बिष्टविरुद्व जातीय विभेदको उजुरी

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

काठमाडौं–बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख सतिश बिष्टविरुद्व जातीय विभेदको उजुरी परेको छ। विश्व स्वास्थ्य संगठनका प्रादेशिक स्वास्थ्य अधिकृत राजकुमार महतोले शुक्रबार उजुरी दिएका हुन्।



अधिकृत महतोले बिष्टविरुद्व मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश, महान्यायाधिवक्तको कार्यालय, बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश, मधेशी आयोग, काठमाडौं, राष्ट्रिय मानवअधिकार आयोग, काठमाडौं, पिछडिएको समुदाय (ओबिसी) विकास समिती, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, केन्द्रिय कार्यालय, काठमाडौं र नेपाल जनस्वास्थ्य महासंघ, काठमाडौंमा उजुरी दिएका छन् ।

उजुरीपछि महतोले ६ महिनादेखि रङ्ग तथा थरको आधारमा विभेद गर्दै आएको बताए। महतोले आफूलाई मानसिक यातना र कार्यस्थल मै उत्पीडन जस्ता अमानवीय कार्य गरेको महतोको भनाइ छ। ‘मेरो कार्य सम्पादनमा बाधा उत्पन्न गराउने र मैले काम गर्न नसकेको झुठो आरोप लगाई गलत प्रचारबाजी गर्ने कार्य उहाँले गर्दै आउनु भएको छ’ महतोले भने।

महतोले सुपरभाइजर र संस्थाका प्रमुखले पनि कुनै छलफल र वास्तविकता नबुझी एक महिनाको सूचना दिएर आफूलाई पदबाट हटाउने निर्णयसहितको पत्र थमाएको उजुरीपत्रमा उल्लेख गरेका छन् ।

कानुनी व्यवस्था

kaanuni-bebasthaa.jpg

4-Letter-from-MoSD-to-MoHP-1430x2048.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट