

एजेन्सी–स्पेनिस क्लब सेभिल्ला यूईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ। आइतबार राति लिस्बनमा भएको सेमिफाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै सेभिल्ला फाइनलमा पुगेको हो।
खेलको नवौं मिनेटमा ब्रुनो फर्नान्डेसको पेनाल्टी गोलमा अग्रता लिएको म्यानचेस्टर युनाइटेड अग्रता जोगाउन नसक्दा अन्तिम चारबाटै बाहिरिएको हो। २६औं मिनेटमा सेभिल्लाका सुसोले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ७८औं मिनेटमा सेभिल्लाले वैकल्पिक खेलाडी लुक डे जोङको गरेको गोल नै निर्णायक भएको थियो।