काठमाडौं- महानरीय प्रहरी परिसर अन्तर्गतको कालीमाटी वृत्तका एक जना थुनुवालाई कोरोना संक्रमण भएको छ। परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठोरका अनुसार कोरोना संक्रमित हुने भारतीय नागरिक हुन्।
नेपाली नागरिकसँग विहे गरेका उनी २९ साउनमा ‘अनलाइन ग्याम्बलिङ’को अभियोगमा पक्राउ परेका थिए। उनको कीर्तिपुरस्थित आर्युवेदिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
उक्त वृत्तमा रहेका अन्य १२ जना थुनुवालाई अहिले क्वारेन्टीनमा राखिएको छ। उनीहरुको पीसीआर परीक्षण गरिएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले बताएको छ।