काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली वाङमय र साहित्यको क्षेत्रमा अपुरणीय क्षति भएको शाहले बताएका छन्।
उनको सचिवालयद्वारा जारी शोक वक्तव्यमा देशभक्ति र प्रकृति प्रेममा आधारित कवि घिमिरेका अनेकौं काव्य कृति सदापठनीय र मननीय रहेको उल्लेख छ।
शाहले घिमिरेको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेका छन्।