कैलालीमा भोलिदेखि १० दिन निषेधाज्ञा-Sutra News

कैलालीमा भोलिदेखि १० दिन निषेधाज्ञा

बुधबार, ३ भाद्र २०७७

बुधबार, ३ भाद्र २०७७

काठमाडौं- कोभिड १९ को संक्रमण बढ्दै गएपछि कैलाली जिल्लामा निषेधाज्ञा घोषणा गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ ४ गते राति १२ बजेदेखि भदौ १४ गते रातिसम्म निषेधाज्ञा घोषणा गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जानकारी दिए।



उनका अनुसार कोरोना संक्रमितहरु निरन्तर बढ्दै गएकाले रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट