बैंकका कर्मचारीलाई परिचयपत्र देखाएपछि प्रहरीले नरोक्ने-Sutra News

बैंकका कर्मचारीलाई परिचयपत्र देखाएपछि प्रहरीले नरोक्ने

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

काठमाडौं– बैंक वित्तीय संस्थाका कर्मचारीलाई बिहान कार्यालय आउने क्रममा प्रहरीले अभद्र व्यवहार गरेपछि नेपाल बैंकर्स एशोसिएसनले उपत्यकाका सम्पुर्ण बैंकहरु आज बन्द गरेको छ ।



केन्द्रीय बैंकले गृहमन्त्रालय तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई बैंकका कर्मचारीलाई सहज आवागमनको व्यवस्था गर्न अनुरोध गरेको थियो । तैपनि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु कार्यालय बिहिबार आउने क्रममा प्रहरीले रोकेपछि संघले सबै बैंकहरु बन्द गर्ने निर्णय गरेका थिए ।

यस विषयमा महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रवत्ता एसएसपी सुशिलकुमार यादवसँग सम्पर्क गर्दा उनले बिहान रोकिएका बैंकका कर्मचारीलाई छाडिसकेको बताए । ‘कार्यालयको आइडी कार्ड देखाएपछि हामी बैंकका कर्मचारीलाई रोक्दैनौँ, बैंक सुचारु गर्दा हुन्छ,’ सूत्रन्यूज डटकमसँग एसएसपी यादवले भने ।

उता बैंकर्स एशोसिएसनका पूर्व अध्यक्षसमेत रहेका नविल बैंकका सिइओ अनिल केशरी शाहले सरकारको निर्णयपछिमात्रै बैंक खोल्ने/नखोल्ने निर्णय गर्ने बताएका छन् ।

काडमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रमुखहरुको बैठकले बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ। तर, उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयअनुसार पनि बैंकिङ सेवा अत्यावश्यक क्षेत्रअन्तर्गत पर्ने भएकाले सीमित कर्मचारीबाट सेवा दिन आग्रह गरेको थियो। तर, सेवा दिनका लागि कार्यालय जाने क्रममा कर्मचारीलाइ बाटोमा रोकेपछि बिहीबारका लागि बैंकिङ सेवा ठप्प भएको हो।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट