रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु-Sutra News

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

बुटवल- रुपन्देहीमा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ। जिल्लाको देवदह नगरपालिकाका एकको मृत्युपछि कोरोना पुष्टि भएको हो।



देवदह मेडिकल कलेजमा उपचार गराइरहेको एक बिरामीको बुधबार उपचारका क्रममा मृत्यु भएको थियो। देवदह नगरपालिका–३, शिसपुर निवासी ७० बर्षीय पुरुषको मृत्यु भएपछि पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको देवदह नगर स्वास्थ्य शाखाले जनाएको छ। उनको स्वावको लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो।

लामो समयदेखि पक्षघात, सुगर, प्रेसरको विरामी रहेका उनको बुधबार मृत्यु भएको देवदह नगरपालिकाका प्रमुख हीरा केसीले जानकारी दिए। भैरहवा मेडिकल कलेजबाट घर लैजान भन्दै घर ल्याइएका विरामीलाई पीडा बढी भएपछि देवदह मेडिकल कलेजको आइसियुमा राखिएकोमा उनको मृत्यु भएको नगर प्रमुख केसीले बताए।

रुपन्देहीमा आज भएको मृत्युसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ। कोरोना पोजेटिभका कारण पुरुषको मृत्यु भएपछि देवदह–३, शिसपुरलाई सिल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट