जोखिमका बस्ती स्थानान्तरण गर्न गाउँबासीको माग-Sutra News

जोखिमका बस्ती स्थानान्तरण गर्न गाउँबासीको माग

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

काठमाडौं–लगातारको वर्षातका कारण उत्तर धादिङको जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्न गाउँबासीले आग्रह गरेका छन्। पहिरोले पटक–पटक जोखिम भनिएका बस्तीहरु स्थानान्तरण गर्नुका लागि जिल्ला विपद व्यवस्थापन समितिले वागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयसँंग माग गरेको हो।



समितिको यही भदौ २ गतेको निर्णयले बस्ती स्थानान्तरण गर्नका लागि सिफारिस गर्दै पहल थालेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। रुवीभ्याली गाउँपालिकाको वडा २ आरनडाँडा, वडा ४ हिन्दुुङ, वडा ५ कपुरगाउँ झक्री टोल, लामा टोल, निवेर वडा ६ तीर, र गंगाजमुना गाउँपालिकाको वडा १ को किचेत पहिरोको उच्च जोखिममा परेकोले बस्ती स्थानान्तरण गर्न माग गरिएको हो।

बस्ती स्थानान्तरणको सिफारिस पछि गाउँमा समस्या आइरहेको र जोखिम बढेका कारण तीन ओटा टोलबासीले निर्णय गरी आज बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमसँग स्थानन्तरणको माग गरेका छन्।

रुबीभ्याली ५ कपुरगाउँको लामाटोल, झाँक्रीटोलको १ सय १ घर, नेवेर गाउँको ८२ घर र तिरगाउँको ७५ घरधनीहरुले आफूहरु स्थानान्तरण गर्न चाहेको सामूहिक निवेदन सहित प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयसँग माग गरिएको कपुरगाउँका दिनेश तामाङले बताए।

बस्तीहरुमाथीबाट पहिरो आएर गाउँ जोखिम भएको छ भने केही घर क्षति पुगि सकेकोले समस्यआइरहेको गाउँबासीको भनाइ छ। सो क्षेत्र भूकम्पपछि नै जोखिम सूचिमा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट