काठमाडौं- अन्तरार्ष्ट्रिय उडान भदौ १६ गतेबाट सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
उडानका लागि आवश्यक मापदण्ड पुर्याइ नियमित रुपमा सुचारु गर्ने निर्णय बैठकले गरेको हो । विदेशमा रहेका नेपाली कामदारलाई सरकारले क्वारेन्टाइनको समेत व्यवस्था गर्ने भएको छ ।
डा खतिोडाका अनुसार मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक ल्याउन पाइने भएको छ ।